बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेप्सेमा १३ अंकले बृद्धि, चार अर्ब ३१ करोडको सेयर किनबेच

आइतबार, जेष्ठ २० २०८१

काठमाडौं । नेप्से बढेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से १३ दशमलव ५१ अंकले बढेर दुई हजार ८३ दशमलव शुन्य चार अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४५ अंंकले बढेर तीन सय ७१ दशमलव ६५ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय २५ वटा कम्पनीहरुको ६५ हजार छ सय ५४ पटकको कारोबारमा ९६ लाख ९७ हजार दुई सय छ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ३१ करोड १० लाख १५ हजारछ सय २९ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा अज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा तीन वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये उत्पादनमुलक समुहको सुचक एक सय ६२ दशमलव ३९ अंकले बढेर छ हजार पाँच सय ८६ दशमलव ५५ बिन्दुमा झरेकोमा लगानी र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने १२ दशमलव ४६ अंकले बढेर ११ सय ३१ दशमलव ७२ अंकमा चढेकोमा बिकास बैंक समुहको सुुचक पनि नौं दशमलव १२ अंकले बढेर चार हजार ६३ दशमलव ९३ अंकमा पुगेको छ । फाईनान्स समुहको सुुचक पनि ४६ दशमलव ८० अंकले बढेर २१ सय ९५ दशमलव ६३ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ७८ दशमलव ६० अंकले बढेर १० हजार एक सय ७० दशमलव ७४ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुुचक पनि ७१ दशमलव ४९ अंकले बढेर १० हजार छ सय ४५ लशमलव ९७ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मल्टीपर्पोस फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नारायणी डेभलपमेन्ट बैंक यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेपाल फाईनान्स परेको छ ।