बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेप्सेमा पुन गिरावट, झण्डै २० अंकले घट्दा चार अर्ब २१ करोडको सेयर किनबेच

बिहिबार, जेष्ठ १७ २०८१

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन २३ दशमलव ८१ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार पुन १९ दशमलव ८९ अंकले घटेर दुई हजार ६९ दशमलव ५३ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नैं सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ९० अंकले घटेर तीन सय ७० दशमलव १९ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय ११ वटा कम्पनीहरुको ६१ हजार ७२ पटकको कारोबारमा ९८ लाख ६४ हजार चार सय ८२ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम चार अर्ब २१ करोड ७४ लाख ९४ हजार एक सय ९५ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा तीन वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये फाईनान्स समुहको सुचक तीन दशमलव ३१ अंकले बढेर २१ सय ४८ दशमलव ८३ अंकमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि १२ दशमलव १५ अंकले बढेर २४ सय ८५ दशमलव ४८ अंकमा पुगेको छ । यसैगरी उत्पादनमुलक समुहको सुचक पनि ८२ दशमलव ५८ अंकले बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने आज १९ दशमलव ६६ अंकले घटेर ११ सय १९ दशमलव २५ अंकमा झरेकोमा बिकास बैंक समुहको सुुचक पनि ४० दशमलव ११ अंकले घटेर चार हजार ५४ दशमलव ८० अंकमा झरेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय १५ दशमलव ५८ अंकले घटेर १० हजार ९२ दशमलव १३ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय १४ दशमलव ९३ अंकले घटेर १० हजार पाँच सय ७४ दशमलव ४७ अंकमा झरेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पोखरा फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेपाल फाईनान्स परेको छ ।