बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

४,४२३ मिटरमा निर्माण हुने आमादब्लम जलविधुत आयोजनाको वित्तिय व्यवस्थापनमा सिद्धार्थ बैंक

बिहिबार, जेष्ठ १७ २०८१

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सोलुखुम्बु जिल्लाको पाङ् बोचेमा आमादब्लम मिनी हाइड्रो लिमिटेडद्वारा निर्माण प्रस्ताव गरिएको ९११ किलोवाट क्षमताको जलविधुत आयोजनाको वित्तिय व्यवस्थापनका लागि कर्जा सुविधा प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल, आयोजना कम्पनीका अध्यक्ष लक्ष्मण अधिकारी, वैकल्पिक ऊर्जा प्रवर्दन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल र खुम्बु पासाङल्हामु गाँउपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले हस्ताक्षर गरेका हुन । उक्त सम्झौता अनुसार नेपाल सरकार/वैकल्पिक ऊर्जा प्रवर्दन केन्द्र मार्फत प्राप्त हुने आर्थिक सहयोगमा सम्पन्न हुने यस आयोजनामा सिद्धार्थ बैंक लिमिटेडले विश्व बैंकबाट प्राप्त हुने ऋण रकम र बेलायती सरकारद्वारा आर्थिक सहयोगको रुपमा प्राप्त हुने च्यालेन्ज फण्ड प्रवाह गर्नको लागि साझेदार बैंकको रुपमा भुमिका निर्वाह गर्नेछ ।

चोलुन्चे खोलाको पानी प्रयोग गरी निर्माण हुन गइरहेको यस आयोजना ४,४२३ मि.को उचाइमा रही संसारकै अग्ला स्थानहरुमा रहेका जलविधुत आयोजनाहरुमध्ये एक हो । सगरमाथा राष्ट्रिय निकुञ्जभित्र रहेको क्षेत्रमा राष्ट्रिय प्रशारणको विधुत उपलब्ध नभएका कारण विद्युत अभाव रहि आएकोमा यस आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि उक्त समस्याको न्युनिकरण मात्र नभई वातावरणमा सकारात्मक प्रभाव, पर्यटकलाई भरपर्दो उर्जाको विकल्प तथा खुम्बु पासाङल्हामु गाउँपालिका भित्रका ४५१ घरधुरी प्रत्यक्ष्य रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १९६ वटा शाखा (५ एक्स्टेन्सन् काउन्टर सहित), ७३ शाखारहित बैंकिङ्ग सेवा र २२६ एटिएम मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बंैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । ‘सम्बन्ध सधैभरीलाई’ भन्ने नारा अवलम्बन गर्दै बैंकले आफ्नो ग्रहम सेवा केन्द्र (सिद्धार्थ केयर) मार्फत विभिन्न सेवा प्रदान गर्ने तथा गुनासोलाई सम्बोधन गर्ने कार्य हप्ताको सातै दिन २४ सै घण्टा गर्दै आएको छ ।