बजेट घोषणा भएपछिको पहिलो दिन नैं झण्डै २४ अंकले घट्यो नेप्से
काठमाडौं । आगामी आर्थिक बर्षको बजेटलाई नेप्सेले लालसलाम दिएको छ । सरकारले आर्थिक बर्ष २०८१÷०८२ को लागि बजेट घोषणा गरेपछिको पहिलो दिन नैं नेप्से उच्च अंकले घटेको छ । सरकारले बजेट मार्फत आगामी आर्थिक बर्षमा पुंजीबजारको संस्थागत बिकास गर्न आवस्यकता अनुुसारको प्रभावकारी कदम चाल्ने उद्घोष गरेको छ । तर यसलाई लगानीकर्ताहरुले भने पत्याएनन् । सोही कारण हुन सक्छ आज बुधबार सुरुवाती समयमा बढेको नेप्से अन्तिम समयमा २३ दशमलव ८१ अंकले घटेर दुई हजार ८९ दशमलव ४२ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ८२ अंकले घटेर तीन सय ७४ दशमलव शुन्य नौं अंकमा झरेको छ । नेप्सेमा आज तीन सय १४ वटा कम्पनीहरुको ६३ हजार ८० पटक सेयर किनबेच भएको छ । जसबाट एक करोड सात लाख ३८ हजार एक सय ६९ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ५७ करोड ५० लाख ६३ हजार दुई सय ७४ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा चार वटा समुहहरुको सुचक बढेको छच भने बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये फाईनान्स समुहको सुचक तीन दशमलव १९ अंकले बढेर २१ सय ४५ दशमलव ६२ अंकमा चढेकोमा होटल तथा पर्यटन समुहको सुुचक पनि ६१ दशमलव ७५ अंकले बढेर पाँच हजार चार सय ८० दशमलव ४२ अंकमा चढेको छ । यि बाहेक उत्पादनमुलक र व्यापार समुहको सुचक पनि क्रमश एक सय ७४ र १८ दशमलव ९३ अंकले बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने ३४ दशमलव ६३ अंकले घटेर ११ सय ३८ दशमलव ९२ अंकले घटेर ११ सय ३८ दशमलव ९२ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ४६ दशमलव ३७ अंकले घटेर चार हजार ९४ दशमलव ९१ अंकमा झरेको छ । जलबिद्युत समुुहको सुचक पनि दुई दशमलव ८३ अंकले घटेर २४ सय ८३ दशमलव ३२ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि एक सय ३४ दशमलव ६४ अंकले घटेर १० हजार दुई सय सात दशमलव ७१ अंकमा झरेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि एक सय चार दशमलव ६२ अंकले घटेर १० हजार छ सय ८९ दशमलव ४० अंकमा झरेको छ । यि बाहेक लगानी, लघुवित्त र अन्य समुहको सुचक पनि घटेका छन् भने सामुहिक लगानी कोष समुहको सुचक स्थिर देखिएको छ ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा युनिलिभर नेपाल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बुद्धभुमी नेपाल हाईड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पोखरा फाईनान्स परेको छ ।