काठमाडौं पुुस, ४–
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र ब्लू क्रस हस्पिटल त्रिपुरेश्वरबीच बैंकका ग्राहकवर्गलाई हस्पिटलको सेवाशुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंककातर्फबाट बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र हस्पिटलका तर्फबाट व्यवस्थापन समूहका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका हुन् । यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट÷क्रेडिट कार्डवाहक ग्राहक तथा परिवारका सदस्यहरुले ब्लू क्रस हस्पिटलमा उपचार गराउँदा तथा अन्य सेवालिंदा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
बैकले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब तीन लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स,आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेशनल डलर कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।