काठमाडौं मसिर, २८–
ग्लोबल आइएमई बैंकले मसिंर २६ गते बुधबार प्रदेश नं. ७, कैलाली जिल्ला, गोदावरी नगरपालिका वडा नं. २ अत्तरियामा शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकका अनुसार अत्तरिया शाखा कार्यालय थप भएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या एक सय ३३ पुगेको छ ।
कैलाली जिल्लाको अत्तरिया र त्यस वरपरका बासिन्दालाई सेवा पुर्याउने उद्धेश्यले खोलिएको शाखाले सरल तथा सुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने जानकारी बैंकले दिएको छ ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउन उद्देश्यले एक सय ३३ वटा शाखा, एक सय ४१ वटा एटिएम, छ वटा एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र एक सय १० वटा शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ। त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, थप सुविधाहरुका साथ परिमार्जित एवं विस्तारित मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, बेलायत, कतार, युएई, अष्टे«लिया, भारत बराइन, जोर्डन, भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।