बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

भारतको मुम्बईमा होर्डिङबोर्ड भत्किँदा १४ जनाको मृत्यु, ७४ भन्दा बढी घाइते

मंगलबार, जेष्ठ १ २०८१

मुम्बई । भारतको मुम्बईमा घाटकोपर क्षेत्रमा आँधीसँगै ठूलो होर्डिङबोर्ड भत्किँदा १४ जनाको मृत्यु भएको छ भने ७४ जनाभन्दा बढी घाइते भएका छन् ।

सोमबार साँझ मुम्बईमा अचानक मौसम परिवर्तन भएर बाक्लो बादलले आकाश ढाकेपछि धुलो हुरी र वर्षा भएको थियो ।

समाचार एजेन्सीहरुले जनाए अनुसार घटनामा परी १४ जनाको मृत्यु भएको छ भने ७४ जना घाइतेलाई उद्धार गरिएको छ ।

७०–५० मिटर ठूलो यो होर्डिङ बोर्ड पेट्रोल पम्पमाथि खसेको थियो । होर्डिङ खसेपछि नाराबाजी भएको थियो । स्थानीय प्रहरी, दमकल, एनडीआरएफ, राहत र उद्धार कार्यको सहयोगमा रातभरि जारी रहेको थियो ।