शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

राष्ट्रिय ध्वजावाहकले पार्यो यात्रुकै बिचल्ली, नक्सा बिर्सिदा दुबई–काठमाडौँ उडान चार घन्टा ढिलो

सोमबार, मंसिर २४ २०७५

२४ मंसिर, काठमाडौं–नेपाल वायु सेवा निगमको आइतबार बिहानको दुबई–काठमाडौँ उडान चार घन्टा ढिलो हुँदा राष्ट्रिय ध्वजावाहकप्रति आत्मीयता राख्ने यात्रुकै बिचल्ली भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

दुबईको स्थानीय समयअनुसार बिहान ४ बजे उडान भरी ९ः४० मा काठमाडौँ अवतरण गर्नुपर्ने थियो तर निगमको लापरबाहीका कारण विमान १ बजेर ४३ मिनेटमा मात्र काठमाडौँ ओर्लिएको थियो । 

हवाई उडानको मार्ग पहिल्याउन तथा उचाइ थाहा पाउन आवश्यक पर्ने नक्सा (जिप्सन चार्ट) काठमाडौँबाटै लैजान बिर्सिएकाले तोकिएको समयभन्दा ४ घन्टापछि उडान भएको छ ।