काठमाडौं । चलचित्र ‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक गरिएको छ ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
यही वैशाख २८ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्रको ट्रेलरमा कमेडीले प्राथमिकता पाएको छ । ट्रेलरमा सहकारीको ठगी विषय पनि समेटिएको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकार नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनिता थापाले प्राथमिकता पाएका छन् ।
चलचित्रमा नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनिता थापा, पुष्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दीप चन्द्र राईलगायत कलाकारको अभिनय छ । अभिनेत्री नीतिको यो डेब्यु चलचित्र हो ।
दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण गरेको चलचित्रमा निर्माता नवीन मानन्धर तथा निर्देशक सुरज सुनुवार छन् । सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह-निर्माता छन् ।
डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको ‘खजुरे ब्रो’ मा शिशिर विशंखेको छायांकन छ भने सम्पादक मित्र डी गुरुङ छन् । अनमोल गुरुङको संगीत रहेको चलचित्रलाई रोहित रत्नको आरआर फिल्मस्ले वितरण गर्दैछ ।