काठमाडौं मंसिर, १९–
प्रहरीले आगुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । बुधबार वानेश्वर प्रहरी वृतबाट खटिएको प्रहरी टोलीले ललितपुरको बालकुमारीबाट स्थायी घर बाँकेको नेपालगञ्ज भएका बर्ष १९ का निशान केसी र बर्ष २३ का किरण तामाङलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नेट्राभेट ४७ फाइल (७२० पिस) तथा चार थान मोबाइल बरामद गरिएको वानेश्वर प्रहरी वृतले जनाएको छ । हाल ललितपुर बालकुमारीमा बस्दै आएका उनीहरु दुबैजना विद्यार्थी रहेको तथा निशान केसीले कोरियन भाषा अध्ययन गर्दै आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको बारेमा थप अनुसन्धान जारी छ ।