बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रहरीमा पनि समायोजनको तयारी, समायोजनमा जानेलाई एक तह बढुवा

बुधबार, मंसिर १९ २०७५

समायोजनको क्रममा कर्मचारीले जस्तै नेपाल प्रहरीले पनि एक तह बढुवाको सुविधा पाउने भएका छन् । प्रहरी समायोजन विधेयकको मस्यौदामा प्रदेशमा समायोजन हुन चाहने प्रहरीलाई एक तह बढुवाको सुविधा दिइने उल्लेख छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

काठमाडौं मंसिर, १९–कानुन, संसदीय व्यवस्था तथा न्याय मन्त्रालयले विधेयकको मस्यौदामा सोमबार आफ्नो राय दिई गृह मन्त्रालय पठाएको छ । प्रहरी समायोजन विधेयक, नेपाल प्रहरी तथा प्रदेश प्रहरी सञ्चालनसम्बन्धी ऐन र आन्तरिक शान्तिसुरक्षासम्बन्धी ऐनको मस्यौदा रायसहित गृह पठाइएको कानुन मन्त्रालयका सहसचिव धनराज ज्ञवालीले बताए ।

समायोजन गर्दा प्रहरी नियमावलीअनुसार माथिल्लो तहमा बढुवाका लागि योग्यता पुगेका प्रहरीले एक तह बढुवा पाउनेछन् । जसमा कार्यरत पदको अवधि तथा शैक्षिक योग्यतालगायत विषय पर्दछन् । तर, कुन तहसम्मका प्रहरीलाई एक तह बढुवाको सुविधा दिने तय भइसकेको छैन ।

केही हप्ताभित्रै प्रहरी समायोजन ऐन अध्यादेशमार्फत ल्याउने सरकारको तयारी छ । समायोजनका लागि गृहसचिवको अध्यक्षतामा एक कार्यदल गठन गर्ने र त्यसले विस्तृत मापदण्ड बनाई समायोजन प्रक्रिया अघि बढाउने मस्यौदामा उल्लेख छ । समायोजनका लागि सुरुमा समायोजन हुन चाहेको प्रदेश छनोट गरेर आवेदन दिनुपर्नेछ ।