काठमाडौ मंसिर, १८–
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा २३ औ उपशाखा कार्यालयकोरुपमा गुलरिया उपशाखा कार्यालयको उद्घाटन गरेको छ । स्थानीय जनसमुदाय तथा अभिकर्ताहरुको बाक्लो उपस्थितीकामाझ कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमले सयुक्तरुपमा उपशाखा कार्यालयको उद्घाटन गरेका हुुन ।
सोही कार्यक्रममा अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक गौतमले जीवन बीमाको महत्ववारे जानकारी दिएका थिए । ग्रामिण जनतामा बीमाको जनचेतना अभिबृद्धि गर्ने उद्देश्यका साथ कम्पनीले कर्णाली प्रदेशमा बीमा जागरण अभियान समेत सम्पन्न गरेको जानकारी दिएको छ ।