बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेकपाका असन्तुष्ट नेताहरुले ७७ जिल्लामै समिति गठन गर्ने

शुक्रबार, मंसिर १४ २०७५

काठमाडौं मंसिर, १४–
नेपाल कम्युनिष्ट पार्टी (नकपा) का असन्तुष्ट नेताहरुले जिल्ला तहमा पुगेर अभियान विस्तार गर्ने भएका छन् । उनीहरुले पार्टी नेतृत्व पक्षपाती बनेको भन्दै लिखित पत्रसमेत बुझाएका कतिपय नेकपा नेताहरु पार्टी नेतृत्वसँग असन्तुष्ट रहेका छन् ।

बिहीबार काठमाडौंमा बैठक बसेर उनीहरुले यस्तो अभियान थालेका हुन् । नेताहरु  जगन्नाथ खतिवडा, ठाकुर गैरे, रामकुमारी झाँक्री, डा. बिजय पौडेललगायतका नेताहरुले यस्तो निर्णय गरेका हुन् । उनीहरुले देशैभर अभियान चलाएर पार्टी नेतृत्वलाई दबाब दिने पनि जनाएका छन् ।

यस्तो अभियानको घोषणा गर्ने नेताहरुमा पूर्व एमाले तथा पूर्वमाओवादी दुवै खेमाका नेताहरु रहेका छन् । उनीहरुले देशभरका ७७ वटै जिल्लामा पुगेर समिति गठन गर्ने जनाएका छन् ।