बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ग्लोबल आइएमई बैंकद्वारा कर प्रणाली र डिजिटल बैकिङ्ग सम्बन्धी साक्षरता सञ्चालन

बुधबार, मंसिर ५ २०७५

काठमाडौं मंसिर, ५– 
ग्लोबल आइएमई बैंकले मसिंर ४ गते मंगलबार  गोंगबु क्षेत्रमा क्रियाशिल होटल व्यवासायीहरुकोे सहकार्यमा नेपालको कर प्रणाली तथा डिजिटल बैंकिङ्ग सम्बन्धि वित्तिय साक्षरता एंव अन्र्तकृया कार्यक्रमको आयोजना गरेको छ । गोंगबु क्षेत्रमा क्रियाशिल होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई नेपालको कर क्षेत्र र नेपालको डिजिटल बैंकिङ्ग क्षेत्रमा देखा परेका विभिन्न आयामहरुको बारेमा जानकारी गराउने उद्देश्यले बैंकले उक्त कार्यक्रमको आयोजना गरेको थियो । 
उक्त कार्यक्रममा नेपालको कर क्षेत्रमा प्रशिक्षक तथा सल्लाहकारको रुपमा काम गर्दै आएका चार्टर्ड अकाउटेन्ट शेषमणि दाहालले नेपालको कर प्रणलीका बिषयमा व्यवसायीहरुलाई जानकारी गराएका थिए । सोही विषयमा त्यहाँ उपस्थित होटल व्यवसायीहरुबीच केहिबेर अन्तरकृया कार्यक्रम समेत संचालन भएको थियो । साथै सोहि कार्यक्रममा नेपालको डिजिटल बैंकिङ्ग क्षेत्रमा देखा परेका नयाँ नयाँ आयमहरुको बारेमा ग्लोबल आइएमई बैंकका सूचना प्रविधि विभाग प्रमुख अनिल जोशीले जानकारी गराएका थिए ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखा रहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले १३२ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४० एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर तथा १०४ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा,इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ ।  यसका साथै बैंकले मलेसिया,दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।