बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्सेमा सुधारको संकेत, दशैंको पछिको पहिलो कारोवार दिन नै झण्डै पाँच अंकको बृद्धि

आइतबार, कार्तिक ४ २०७५

काठमाडौ, कार्तिक ४
नेप्सेमा सुधारको संकेत देखिएको छ । दशैं पछि पहिलो दिन आज आईतबार खुुलेको नेप्से बढ्दा समग्र सेयर बजारमा सुधारको संकेत देखिएको हो । नेप्से चार दसमलव ८९ अंकले बढेर १२ सय ४६ दसमलव ५२ अंकमा पुुग्दा सेन्सिटिभ एक दसमलव १८ अंकले बढेर दुुई सय ६५ दसमलव २८ अंकमा पुुगेको छ । आज एक सय २४ कम्पनीहरुको २२ हजार चार वटा कारोवारमा सात लाख सात सय २३ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम १४ करोड पाँच लाख ४९ हजार २९ रुपैयाँ पुुगेको छ । 
आज १० वटा समुहको कारोवार हुंदा पाँच वटा समुहले गुमाएपनि पाँच वटा समुहले कमाएकाछन ।  बाँणिज्य बैंक समुहको सुचक छ दसमलव ३७ अंकले बढेर ११ सय छ दसमलव ७२ अंकमा पुुगेकोे छ भने सेयर कारोवार रकम ११ करोड ७२ लाख ५७ हजार रुपैयाँ पुुगेको छ । बिकास बैंक समुहको सुचक पनि दुई दसमलव १८ अंकले बढेर १४ सय ८८ दसमलव ६७ अंकमा पुुगेको छ भने सेयर कारोवार रकम २५ लाख ४५ हजार आठ सय ६० रुपैयाँ पुुगेको छ । जीवन बीमा, फाईनान्स र अन्य समुहको कारोवार सुचकमा पनि आज सुधार देखिएको छ । 
जलबिद्युुत समुहको सुचक भने ११ दसमलव ३३ अंकले घटेर १३ सय ४९ दसमलव १४ अंंकमा पुुगेको छ भने सेयर कारोवार रकम ३२ लाख नौ हजार दुुई सय ५० रुपैयाँ पुुगेको छ । यि बाहेक निर्जिवन बीमा, होटल, उत्पादनमुुलक र लघुबित्त समुहको सुचकमा पनि गिरावट आएको छ । आज भार्गभ बिकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक आदिको कमाएकाछन भने मिर्मिरे लघुुबित्त बित्तीय संस्था, ग्लोवल आईएमई लघुबित्त संस्था आदिले गुुमाएकाछन ।