नवलपारसी असोज, २६–
नवलपरासीको दाउन्नेमा ट्रक पल्टिएपछि पूर्व–पश्चिम राजमार्गको सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार बिहान नवलपरासीको दाउन्नेमा भुस बोकेको ट्रक पल्टिएपछि बिहान ५ बजेदेखि आवागमन प्रभावित भएको हो ।
जिल्ला प्रहरी कार्यालय, नवलपरासी पूर्वीले भुस ट्रक पल्टिएपछि सवारी साधन एकतर्फी मात्रै सञ्चालनमा आएको जनाएको छ ।
सडक एकतर्फी मात्रै चलेपछि दशैंका लागि घर हिँडेका र काठमाडौं आइरहेका सवारी साधनको जाम पूर्व–पश्चिम राजमार्गमा लागेको छ । बिहान ५ बजे नै ट्रक पल्टिए पनि अझै हटाइएको छैन ।