काठमाडौं असोज, २१–
आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । संसदमा प्रमुख प्रतिपक्षी दल समेत रहेको कांग्रेसल पार्टीको संशोधित विधान, नेपाल विद्यार्थी संघको विधानलगायत विषयमा छलफल गर्न केन्द्रीय कार्य समिति बैठक बोलाएको हो ।
यसअघि गत असोज १९ गतेका लागि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बोलाइए पनि तयारी नपुगेको भन्दै स्थगित भएको थियो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मूल पार्टीको विधानसँगै नेविसंघको विधान र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आईतबार दिउँसो २ बजे बैठक बस्न लागेको हो ।
नेविसंघको विधान टुंगो नलाग्दा कात्तिकमा गर्ने भनिएको १२ औं महाधिवेशन नै अन्योलमा परेको छ ।