काठमाडौं असोज, १९–
शुक्रबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन बैद्य किरणले एउटै मञ्चमा बसेर जीवन शर्माका गीत सुन्दैछन् ।
इच्छुक सांस्कृतिक प्रतिष्ठानले दुबै नेतालाई सँगै राखेर जनवादी गायक शर्माका १० गीत सुन्ने अवसर जुटाएको हो ।
आज दिउँसो साढे ४ बजे प्रतिष्ठानले जीवन शर्मा संयुक्त साँकृतिक कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रचण्ड र बैद्यला दुबैलाई बोलाईएको छ ।
साँस्कृतिक साँझमा शर्माले १० वटा जनवादी गीत प्रस्तुत गर्नेछन् भने सामना साँस्कृतिक परिवार, रक्तिम सांस्कृतिक परिवारको गीतसँगै नृत्य तथा सुवोध गौतमको हाँस्यब्यङ्ग्य समेत प्रस्तु गर्ने कार्यक्रम रहेको छ ।
शर्माका सिमली छाँयामा बसी भरिया लामो सास फेरेको, झर्नाको चिसो पानी लगायतका जनवादी गीतहरु चर्चित रहेका छन् ।
कार्यक्रममा खानेपानी मन्त्री बिना मगर, श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत लगायत सहभागी हुने बताईएको छ ।