बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

वनमा दुई तिहाई भन्दा बढी पदाधिकारी वामको पक्षमा

शुक्रबार, असोज १९ २०७५

१९ असोज, काठमाडौं–
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफोन)मा फेरी पनि वाम बाहुल्य नेतृत्व निर्वाचित भएको छ । काठमाडौंमा सम्पन्न छैंठौ महाधिवेशनबाट दुई तिहाई भन्दा बढी पदाधिकारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका चुनिएका छन् । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

फेकोफोनको करिव अढाई दशक लामो इतिहासमा नेपाली काँग्रेस निकटका वनकर्मीले अहिलेसम्म अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पाएका छैनन् । यसपटक उपाध्यक्ष भीमलाल श्रेष्ठ बाहेक केन्द्रका सबै महत्वर्पूण जिम्मेवारीमा नेकपा समर्थित पदाधिकारी निर्वाचित भएका छन् । छैठौ महाधिवेशनले निर्वतमान महासचिव भारती पाठकलाई सर्वसम्मत् रुपमा अध्यक्षमा चयन गरेको छ भने बहुसंख्यक केन्द्रिय पदाधिकारी पनि निर्विरोध निर्वाचित भएका छन् ।

महासचिव, सचिव, कोषाध्यक्षमा क्रमश स् बिर्खबहादुर शाही, ठाकुर भण्डारी र पार्वता गौतम चयन हुनु भएको छ । महाधिवेशनले ८८ जना केन्द्रिय चयन गरेकोमा काँग्रेस समर्थित १६ जना मात्रै केन्द्रमा चुनिएका छन् । देशभरीबाट ८ सय भन्दा बढी प्रतिनिधी सहभागी महाधिवेशनमा काँग्रेस समर्थक ६५ जना मात्रै सहभागी भए । बुधवार काठमाडौंमा सम्पन्न अधिवेशनले आगामी ४ वर्षे कार्यकालका लागि नयाँ पदाधिकारी चयन गरेको हो ।