शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

कांग्रेसको प्रदेश १ को प्रदेशसभा संसदीय दलको बैठक सुरु, राजधानी र नाममा छलफल केन्द्रित

बिहिबार, असोज १८ २०७५

विराटनगर असोज, १८–
प्रदेश १ मा नेपाली कांग्रेसको प्रदेशसभा संसदीय दलको बैठक सुरु भएको छ । प्रदेश १ को नाम र स्थायी राजधानीको विषयमा साझा धारणा बनाउन नेपाली कांग्रेसको  प्रदेशसभा संसदीय दलको बैठक सुरु भएको  हो । 

कांग्रेसले जनाए अनुसार दलको बैठकमा प्रदेश १ को स्थायी राजधानी र नामको बारेमा छलफल नेन्द्रित हुने भएको छ । 

नेपाली काग्रेस संसदीय दलको प्रमुख सचेतक केदार कार्कीर्ले प्रदेशको नाम र स्थायी राजधानीका बिषयमा प्रदेशसभा सदस्यहरुको राय बुझेर दलको साझा धारणा  बनाईने जानकारी गराए । 

उनले बैठकमा दलका तर्फबाट कुनै प्रस्ताव नलगिएको र प्रदेशसभा सदस्यहरुबीच गम्भीर छलफल हुने बताए । त्यसपछि प्रदेशको नाम र स्थायी राजधानीको बिषयमा दलले साझा धारणा तय गर्ने जानकारी दिए ।

प्रदेश १ मा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको २१ सांसद छन् ।

कांग्रेस नेतृत्वको सरकारले विराटनगरलाई अस्थायी राजधानी तोकेकाले कांग्रेसका अधिकांश सांसद अहिले पनि विराटनगरमा नै स्थायी राजधानी बनाउनुपर्ने पक्षमा छन् ।

कांग्रेसले बुधबार साँझ मोरङका प्रदेश सांसदसँग प्रदेशको राजधानी र नामको बारेमा जिल्ला पार्टी कार्यालयमा छलफल गरेको थियो ।
प्रदशेको नाम र स्थायी राजधानी टुंगो लगाउन सत्तापक्ष नेकपाको पनिसंसदीय दलको बैठक चलिरहेको छ ।

यद्यपी नेकपाको बैठक दुई दिन चलेर स्थगित भएको छ । मुख्यमन्त्री शेरधन राई भने राजधानी विराटनगर र संसाद सचिवालय विराटनगरमा राख्नु पर्ने पक्षमा उभिएका छन ।

कुल ६७ जना सांसद रहेकोमा ५४ जनाले सांसदले नाम र स्थाथी राजधानीका विषयमा आफनो राय राखिसकेका छन् ।

अब मुख्यमन्त्री, मन्त्रीहरु र केही सांसदले मात्र नाम र स्थायी राजधानीको बारेमा आफ्नो धारणा राख्ने बाँकी रहेको छ ।