काठमाडौ असोज, १४–
यसअघि केही दिन सेयर बजार बढेपछि हौसिएका लगानीकर्ताहरु पुन निरास भएकाछन् । आईतबार नेप्से सुचक तथा कारोबार रकम दुबै नै घट्दा लगानीकर्ताहरु निरास देखिएका हुन् । नेप्से १० दशमलव ४७ अंकले घटेर १२ सय ५६ दशमलव ७१ पुगेको छ भने आज नेप्से सेन्सिटिभ पनि दुुई दशमलव १४ अंकले घटेर दुई सय ६७ दशमलव नौं अंकमा पुगेको छ । आज एक सय ६७ कम्पनीहरुको पाँच हजार आठ सय २८ वटा कारोबारमा २१ लाख छ हजार नौ सय ४९ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ५८ करोड ८५ लाख ६४ हजार तीन सय ४९ रुपैयाँ पुगेको छ ।
आज नेप्सेमा ११ वटा समुहको कारोबार हुँदा १० वटा समुहले गुमाउँदा ट्रेडिङ समुहले भने कमाएको छ । वाणिज्य बैंक समुहको सुचक नौ दशमलव १८ अंकले घटेर ११ सय नौ दशमलव ७८ अंकमा पुगेको छ भने सेयर कारोबार रकम ३५ करोड १६ लाख १४ हजार रुपैयाँ पुगेको छ । बिकास बैंक समुहको सुचक पनि २२ दशमलव ३६ अंकले घटेर १५ सय २१ दशमलव ९७ अंकमा पुगेको भने सेयर कारोबार रकम दुई करोड ९१ लाख ४२ हजार सात सय रुपैयाँ पुगेको छ । आज जीवन बीमा समुहको सुचक पनि १९ दशमलव एक अंकले घटेर पाँच हजार छ सय ७६ दशमलव ५३ अंकमा पुगेको छ भने सेयर कारोबार रकम एक करोड ९८ लाख ९३ हजार तीन सय रुपैयाँ पुगेको छ ।
आज जलबिद्युत, निर्जिवन बीमा, लघुबित्त, होटल, फाईनान्स, उत्पादनमुलक र अन्य समुहको समुहले पनि गुमाएछन् । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेकाछन् ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार मुल्य आजको बढेको मुल्य
१ साल्ट ट्रेडिङ कर्पोरेसन लि. ३७८ ३.८५
२ बेष्ट फाईनान्स १०२ ३.०३
३ निर्धन उत्थान लघुबित्त संस्था १०२३ २.३०
४ सिटिजन म्युचअल फण्ड —१ ९.६९ २
५ अपी पावर कम्पनी २५९ १.९७
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार मुल्य आजको घटेको मुल्य
१ महालक्ष्मी बिकास बैंक १८० ६.२५
२ स्वदेशी लघुबित्त संस्था ७०८ ४.४५
३ ग्रिन डेभलपमेन्ट बैक ११९ ४.०३
४ सेन्ट्रल फाईनान्स १२२ ३.९३
५ नेशनल माईक्रो फाईनान्स २१५७ ३.९१