बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सर्वोत्तम सिमेन्टको आईपिओ बिक्री खुला

बुधबार, पुष २५ २०८०

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि नौ लाख ३० हजार र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि दुई लाख ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने माघ १० गतेसम्ममा आवेदन दिन सक्नेछन् ।

कम्पनी निष्कासन गरेको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ ।

लगानीकर्ताले न्यूनतम ५० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।