काठमाडौं असोज, ७–
प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले एआर्इजीमा बढुवा भएका तीन प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह लगाइदिएका छन्। आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा महानिरिक्षक खनालले उनीहरुलाई एआईजीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
एआइजीमा बढुवा भएका डीआइजी पुष्कर कार्की, ठुले राई र धिरु बस्नेतले दर्ज्यानी चिन्ह लगाएका हुन्। कार्कीलाई कार्य तथा अपराध अनुसन्धान विभाग, राईलाई मानव स्रोत तथा प्रशासन विभाग र बस्नेतलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जिम्मेवारी तोकिएको छ । एआईजीमा बढुवा भएका पुष्कर कार्की प्रहरी संगठनमा कुशल अधिकृतको रुपमा परिचित छन् । उनले संगठनमा निकै महत्वपूर्ण मिसनहरुको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेका छन् ।