काठमाडौं असोज, ७–
गोपालदास पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार युवराज घिमिरे सम्मानित भएका छन् ।
प्रेस काउन्सिल नेपालको ४९ औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरेलाई उक्त पत्रकारिता पुरस्कार प्रदान गरेकी हुन् ।
वरिष्ठ पत्रकार तथा विश्लेषक घिमिरेले कान्तिपुर दैनिकको सम्पादक र अन्नपूर्ण पोष्ट दैनिकमा प्रधान सम्पादकका रुपमा कार्य गरिसकेका छन् ।
हाल उनी देश सञ्चारको सम्पादक हुन् । उक्त पुरस्कारको राशि रु एक लाख पाँच हजार छ ।
यस्तै प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट कास्कीका राजबहादुर गुरुङ सम्मानित भएका छन् । पुरस्कारको राशि रु एक लाख पाँच हजार छ ।
त्यस्तै प्रेस काउन्सिल आचारसंहिता पुरस्कार भने हाम्रो एफएम दोलखाले पाएको छ । पुरस्कारको राशि रु ५० हजार छ । प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट धनुषाका बृजकुमार यादव सम्मानित भएका छन् । सो पुरस्कारको राशि रु ३० हजार छ ।
प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कारबाट कल्तरु साहित्यिक पत्रिका सम्मानित भएको छ । सो पत्रिकाका प्रकाशक सम्पादक नवराज पुडासैनीलाई राष्ट्रपति भण्डारीले सम्मान गरिन् ।
पुरस्कारको राशि रु २० हजार छ ।
प्रेस काउन्सिल स्तम्भलेखन पुरस्कारबाट वरिष्ठ साहित्यकार अमर गिरी पुरस्कृत भए । उक्त पुरस्कारको राशि पनि रु २० हजार छ ।
त्यस्तै भाषागत पुरस्कारतर्फ ‘गुगुल्डी मासिक’ पुरस्कृत भएको छ । डोट्याली भाषाको पत्रिकाका सम्पादक प्रकाशक वीरबहादुर चन्द कञ्चनपुर प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन। सो पुरस्कारको राशि रु २० हजार छ ।
प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कारबाट जुम्लाका कृष्णमाया उपाध्याय र मकवानपुरका नानीमैया विष्ट सम्मानित भएका छन्। उक्त पुरस्कारको राशि जनही रु २० हजार रहेको छ ।
प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पत्रकारिता पुरस्कारबाट कास्कीका पूण्य पौडेल स्म्मानित भए । पुरस्कारको राशि रु २० हजार छ ।
प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कारबाट तीन पत्रकार स्म्मानित भए । त्यसमा सिरहाका सुरेश यादव, नपलपरासीका गोपाल परियार र सुनसरीका रिता मोक्तान छन् । पुरस्कारको राशि जनही रु २० हजार रहेको छ ।
यसैगरी प्रेस काउन्सिल युवा सशक्तिकरण पत्रकारिता पुरस्कारबाट पनि तीन पत्रकार सम्मानित भए ।
काठमाडौँका चन्द्र बाँनिया र उज्ज्वल पहाडी तथा तनहूँका सागर पण्डित सम्मानित भएका हुन । पुरस्कारको राशि जनही रु २० हजार छ ।
यसैगरी प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कारबाट कालीकोटका रमेश रावल सम्मानित भए । पुरस्कारको राशि रु २० हजार छ । प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कारबाट पनि दुई पत्रकार सम्मानित भए । त्यसमा काटुर्न विधातर्फ अविन श्रेष्ठ र फोटो पत्रकारितातर्फ पद्मसागर कक्षपति छन् । पुरस्कारको राशि जनही रु २० हजार छ ।
यसैबीच काउन्सिलको वार्षिकोत्सवको अवसरमा चार वरिष्ठ पत्रकारलाई समेत राष्ट्रपति भण्डारी, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सम्मान गरे ।
यसरी सम्मानित हुनेमा केदारमान सिंह, मुक्तिनाथ खनाल, हरिकला अधिकारी र रमेशकाजी स्थापित छन् ।
त्यस्तै वर्ष कर्मचारी पुरस्कारबाट काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनाल र कार्यालय सहयोगी रमा द्यौला सम्मानित भए ।
कर्मचारी प्रोत्साहन पुरस्कारबाट विनय बजगार्इँ, सुमन महत र २० वर्ष सेवा गरे वापत दीर्घ सेवा पदकबाट उपप्रशासकीय अधिकृत रामशरण बोहोरा सम्मानित भए । रासस