बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नयाँ गीत ‘एउटै बर्को पिरतीको आधा आधा ओढौ’ को भिडियो सार्वजनिक

शुक्रबार, पुष ६ २०८०

काठमाडौं । सुरेश लामा र मनु दाहालको स्वरमा रहेको गीत ‘एउटै बर्को पिरतीको आधा आधा ओढौ’ सार्वजनिक भएको छ ।

किरण के उप्रेतीको शब्द, नवीन कार्कीको संगीत र विशाल निरौलाको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

मनोज राजभण्डारीको निर्देशन गरेको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठलाई फिचर्ड गरिएको छ । रामेश्वर हुमागाईंको छायांकन रहेको भिडियोको सम्पादन मित्र डी।गुरुङको छ ।

सुरेश पाण्डेको कोरियोग्राफी रहेको भिडियोमा आकाश र करुणाको केमेस्ट्री जमेको छ । भिडियो गायिका मनु दाहालको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो ।