बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

शेखर कोइरालाको सुझावः अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा होइन सागरनाथमा बनाउ

बिहिबार, असोज ४ २०७५

काठमाडौं असोज, ४–
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा २४ लाख रुख काट्ने कुराले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । उनले बाराको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल सर्लाहीको सागरनाथमा बनाउन समेत सुझाव दिएका छन् । 
 बुधबार मानसरोबरको यात्रामा निस्कनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै डा. कोइरालाले निजगढ नजिकै सर्लाहीको सागरनाथमा ३ हजार बिघा जग्गा रहेकाले त्यही जग्गामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने बताए । 
एकैपटक यति धेरै रूख काट्दा वातावरणमा नकारात्मक असर पर्ने भन्दै उनले भयावह अवस्था आउनसक्ने तर्फ सबै सजग हुनुपर्ने बताए । रुख काट्ने र विमानस्थल बनाउने विषयमा बेलैमा सरकोरवाला निकायको ध्यान जानु आवश्यक हुने उनको भनाइ छ ।

मानसरोवरको धार्मिक भ्रमणमा रहेका डा. कोइरालाले चीनको स्वशासित क्षेत्र तिब्बतका लागि चिनियाँ बिदेश मन्त्रालयका उपमहानिर्देशक लिउ लिनसँग ल्हासामा भेटघाट गरेका छन् ।