शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

२५ हजार घुसहित नापी सर्वेक्षक समातिए

मंगलबार, असोज २ २०७५

काठमाडौं असोज, २–
२५ हजार रुपैयाँ घुसहित नापी कार्यालय बुढानीलकण्ठ, काठमाडौंका नापी सर्वेक्षक सुरेन्द्रसिंह कुवँर  पक्राउ परेका छन् । 

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई  जग्गा हाल साविक गर्ने प्रयोजनका लागि घुस मागेको भन्ने उजुरीका आधारमा   पक्राउ गरेको हो । 

 घुसबापतको २५ हजार रकम लिइसकेको अवस्थामा बुढानीलकण्ठ नगरपालिका वडा नं–७ हात्तीगौडास्थित कमर्सियल कम्प्लेक्सको कम्पाउण्डबाट उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । 

अख्तियारले  यसबारेमा आवश्यक अनुसन्धान भइरहेको जानकारी गराएको छ ।