शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

लोक सेवाले माग्यो साढे २ सय बढी कर्मचारी

शुक्रबार, मंसिर १ २०८०

काठमाडौं । लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ साढे २ सयभन्दा बढी कर्मचारी माग गरेको छ।

शुक्रबार सूचना प्रकाशित गर्दै आयोगले राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहमा गरी २५७ कर्मचारी मागेको हो।

आयोगले प्राविधिकतर्फ २१६ कर्मचारी, मानवअधिकार सेवातर्फ अधिकृत तृतीय श्रेणीमा १ जना, स्वास्थ्य सेवातर्फ आठौं तहमा ३६ जना र सातौं तहमा ४ जना कर्मचारीको पदपूर्ति गर्न लागेको हो।

उक्त पदमा खुला तथा समावेशी प्रणालीबाट पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक र योग्यता पुगेका उम्मेदवारलाई मंसिर १९ गतेभित्र दरखास्त दिइसक्न आयोगले आह्वान गरेको छ।