बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

त्रिवि सेवा आयोगका अध्यक्षकी पत्नीको रोचक बढुवा

मंगलबार, भाद्र १९ २०७५

१९ भदौ, काठमाडौं–आयोगका वर्तमान अध्यक्ष चैतन्यप्रसाद शर्माकी श्रीमती सीता शर्माको बढुवा प्रकरण पनि रोचक छ ।

उनलाई पुस्तकालयध्यक्ष (विशिष्ट)पदमा बढुवा गर्न आयोगले हतारहतारमा विनियम बनाई ०७३ फागुनमा अन्य केही कर्मचारीको समेत विज्ञापन गर्‍यो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

विज्ञापन गरेको ४४औँ दिनमा शर्माको नाम निकालियो । शर्मा नियुक्तिपत्र बुझेको केही दिनमा नै सेवानिवृत्त भइन् । तर, सोही विज्ञापनका बाँकीको भने एक वर्षपछि ०७४ फागुनमा मात्र नतिजा प्रकाशन गरियो ।

शर्माको बढुवाको भित्री कारण पनि उनको सेवा अवधि नै थियो । शर्मा दुई महिनापछि सेवानिवृत्त हुँदै थिइन्, आयोगले ४४औँ दिनमा शर्माको मात्र नतिजा निकालेर अवकाशअघि एक तह बढुवा गरायो ।