१८ भदौ, काठमाडौं–सरकारले झन्डै एक वर्ष लगाएर संघीय निजामती सेवासम्बन्धी विधेयक बनायो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो गृहकार्यपछि बनाएको विधेयक स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठायो पनि ।
मन्त्रिपरिषदमा पठाउँदा एउटा प्रावधान भने चलाखीपूर्ण रुपमा हटाइयो, त्यो हो बहुविवाहसम्बन्धी प्रावधान । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
मन्त्रिपरिषदमा पठाउनु अघिसम्म प्रस्तावित विधेयककमो सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था, समेटिएको दफामा यस्तो व्यवस्था थियो, बहुविवाह गर्ने कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त आयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गरिनेछ ।
तर, मन्त्रिपरिषदमा पठाइएको विधेयकमा बहुबिवाहसम्बन्धी प्रावधान एकाएक हटाइएको छ ।
बहुविवाह गर्ने कर्मचारी बर्खास्त हुने प्रावधान हटाएर संघीय नेपालका कर्मचारीलाई खुलेआमा बहुविवाहको स्वीकृति दिन खोजिएको छ ।