बुटवल भदौ, १३–
बुटवलको एक निजी स्कुलका प्रिन्सीपल छात्रामाथि यौन दुर्ब्यवहारको आरोपमा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलले बुटवल ११ नहरपुरमा रहेको ज्ञानपुञ्ज सेकेन्डरी इंगलिस बोर्डिङ स्कुलका प्रिन्सीपल तोयाराम पौडेललाई नियन्त्रणमा लिएको हो ।
प्रिन्सिपल पौडेलमाथि स्कुलको होस्टेलमा बस्ने कक्षा १० कि छात्रामाथि अभद्र ब्यवहार गर्ने, गोप्य अङ्गहरु छुने गरेको आरोप लागेको छ । उनले छात्राहरूलाई राति एक्लै बोलाएर बलात्कारको प्रयाससम्म गर्ने गरेको आरोप अभिभावक र स्थानीयले बताएका छन् ।
ती छात्राले आफ्ना आमाबुबासँग प्रिन्सीपल पौडेलले गरेको दुर्ब्यवहार बारेमा बताएपछि बुधबार स्थानीयले विहानैदेखि विरोध प्रदर्शन र नाराबाजी गरेका छन् । स्थानीयको प्रदर्शनका कारण विहानैदेखि विद्यालय परिसरमा तनाव उत्पन्न भएको छ ।
आक्रोशित प्रदर्शनकारीले विद्यालयमा तोडफोडको समेत प्रयास गरेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
घटनाको अनुसन्धान गर्न बाँकी नै रहेको र विद्यालयका प्रिन्सीपललाई नियन्त्रणमा लिइएको बुटवल प्रहरीले जनाएको छ ।
१ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयमा अभिभावकले घेरेपछि पठनपाठन हुन सकेको छैन । अहिले विद्यालय बन्द गरिएको छ । विद्यालयमा
उता प्रिन्सीपल पौडेलले भने आफूलाई फसाउन खोजिएको बताएका छन् । अभिभावकले विद्यालयमा कुनै पनि गुनासो नगरेको तर, केही मान्छेहरुको उक्साहटमा यस्तो भएको उनको चनाइ छ ।