बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राजधानीको धुलो सफा गर्न ७ ब्रुमर छन् तर, चलाउनै मान्दैनन् विद्यासुन्दर

बुधबार, भाद्र ६ २०७५

६ भदौ, काठमाडौं–राजधानीको धुलो सफा गर्न भन्दै ७ ब्रुमर किनिएका छन् । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले चुनावी प्रतिबद्धतामै हरेक दिन काठमाडौंको धुलो ब्रुमरले सफा गर्ने वाचा गरेका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तर, सडक विभागसँग एक र काठमाडौं महानगरपालिकासँग भएका पाँच ब्रुमर प्रयोगविहीन छन् । ललितपुर महानगरपालिकासँग भएको एउटा ब्रुमर पनि प्रयोगमा छैन ।

काठमाडौं महानगरका पाँचमध्ये दुई ब्रुमर चल्नै नसक्ने अवस्थामा छन् र चल्न सक्ने पनि कार्यालयमै थन्क्याइएका छन् ।