काठमाडौं भदौ, ३–
गत साता बढेको सेयर बजार फेरी ओरलो लागेको छ । आज आईतबार नेप्से १४ दशमलव तीन अंकले घटेर ११ सय ९६ दशमलव २९ अंकमा पुगेको छ । यसैगरी आज सेन्सिटिभ पनि दुई दशमलव ८५ अंकले घटेर दुई सय ५२ दशमलव ५३ अंकमा पुगेको छ । आज नेप्सेमा एक सय ६० कम्पनीहरुको चार हजार एक सय ६० वटा कारोबारमा १५ लाख ६४ हजार छ सय ९२ कित्ता सेयर खरिद बिक्री भएका छन् भने सेयर कारोबार रकम ३२ करोड ५२ लाख ३४ हजार सात सय ११ रुपैयाँ पुगेको छ ।
आज १० वटा समुहको कारोबार भएकोमा सबै सुचक घटेर नेप्से पुरै रातो भएको छ । वाणिज्य बैक समुहको सुचक २३ दशमलव पाँच अंकले घटेर १८ सय २६ दशमलव ७२ अंकमा पुगेको छ भने कारोबार रकम ११ करोड १५ लाख ७५ हजार रुपैयाँ पुगेको छ । बिकास बैंक समुहको सुचक पनि २० दशमलव ८२ अंकले घटेर १४ सय ४८ दसमलव ५१ अंकमा पुगेको छ भने भने सेयर कारोबार रकम चार करोड २७ लाख ४४ हजार आठ सय रुपैयाँ पुगेको छ । जलबिद्युत समुहको सुचक पनि ११ दशमलव तीन अंकले घटेर १४ सय दुई दशमलव १६ अंकमा पुगेको छ भने कारोबार रकम ६२ लाख ५८ हजार आठ सय २० रुपैयाँ पुुगेको छ ।
आज निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र लघुबित्त समुहको सुचक उच्च अंकले घटेका छन् । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेका छन् ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार मुल्य आजको बढेको मुल्य
१ खानीखोला हाईड्रो पावर कम्पनी १११ ५.७१
२ स्वरोजगार लघुबित्त बित्तीय संस्था ८०० ३.२१
३ ग्रामिण लघुबित्त बित्तीय संस्था ५८३ २.१०
४ एनएमबी शुलभ फण्ड— १ ११.९४ १.९६
५ राष्ट्रिय बीमा कम्पनी (संस्थापक) १०५०० १.९६
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार मुल्य आजको घटेको मुल्य
१ नागवेली लघुबित्त बित्तीय संस्था १०४१ ५.३७
२ आईसीएफसी फाईनान्स १६० ५.३२
३ शाईन रेसुंगा डेभलपमेन्ट बैंक २७५ ४.५६
४ लुम्बिनी बिकास बैंक १५१ ४.४३
५ जलबिद्युत लगानी तथा बिकास कम्पनी १६० ४.१९