बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चतुरबहादुर सर्वसम्मत

शनिबार, असोज ६ २०८०

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा पुनः चतुरबहादुर चन्द दोहिरिएका छन ।

भावी अध्यक्षको कार्याकालका लागि उनले मात्रै मनोनयन दर्ता गरे पछि सर्वसम्मत रुपमा निर्वाचित भएर दोहोरिएका हुन ।

बर्दियाका अध्यक्ष विनय राजभण्डारीले उम्मेदवार दिने भनिएता पनि उनले उम्मेदवारी नदिने लगभग देखिए पछि चन्द पुनः सर्बसम्मत निर्वाचित भएका हुन ।

उम्मेदवारीका लागि मनोनयनको फारम पनि भरिसकेको भए पनि अन्तिम समयमा उनले आफनो मनोनयन पत्र त्यागेर चन्दलाई समर्थन गरेका थिए ।

उम्मेदवारीका लागि मनोनयनका लागि बिहान ११ बजेसम्मको मात्रै समयसिमा रहेको थियो । अरुले चन्दलाई चुनौती दिने गरी उम्मेदवारी दर्ता नगराए पछि उनी नै सर्बसम्मत भएका हुन ।