बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एसिया कप क्रिकेट: भारतलाई हराए नेपाल सुपर फोरमा पुग्ने

आइतबार, भाद्र १७ २०८०

काठमाडौं – एसियाकपको समूहचरणको अन्तिम खेलमा नेपालले सोमबार भारतसँग प्रतिस्पर्धा गर्दै छ। भारत विरुद्धको खेल नेपालका लागि जति अर्थपूर्ण छ भारतका लागि झनै महत्वपूर्ण बनेको छ। पाकिस्तानसँग अङ्क बाँडेसँगै भारतलाई अघिल्लो चरण पुग्न खेल रद्द या जित आवश्यक छ। नेपाललाई भने जितबाहेकको विकल्प छैन। श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट रंगशालामा भोलि सोमबार हुने समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल र भारतबीचको विजेता टोली एसिया कपको सुपर फोरमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । समूह ‘ए’मा रहेको पाकिस्तान भने सुपर फोरमा पुगिसकेको छ ।

विश्व क्रिकेटमा भारत सबै स्तरमा सर्वाधिक प्रभावशाली टोली हो। विश्वचर्चित फ्रेन्चाइजमा अर्बौँ लगानि रहेको भारतका लागि नेपाल विरुद्धको खेल प्रतिष्ठाको विषय समेत हो। भारत पाकिस्तानले भन्दा फराकिलो अन्तरले हराएर पाकिस्तान भन्दा भारत राम्रो भनेर प्रमाणित गर्न समेत पछि पर्दैन। यस्तोमा नेपालले पाकिस्तान विरुद्ध खेलमा गरेका केही गल्ती जो सुधारे भारतको महत्वाकांक्षामा तगारो बन्ने जोखिम छ।

त्यस्तै एसिया कपमा नेपालको यो पहिलो सहभागिता पनि हो । नेपालले सन् २०१७ मा भने भारतको यू–१९ टोलीसँग खेलेको थियो । मलेसियामा भएको उक्त यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई १९ रनले पराजित गर्दै ऐतिहासिक नतिजा हात पारेको थियो । अब नेपालले सिनियर टोलीमा पहिलोपटक भारतसँग खेल्दै नयाँ इतिहास कायम गर्नेछ ।

समूह ‘ए’मा रहेका नेपाल र भारतले समान एक–एक खेलका छन् । जसमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भारतले पाकिस्तानसँग अङ्क बाँडेको थियो । वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रद्द भएपछि दुवै टोलीले समान एक–एक अङ्क बाँडेका हुन् ।