बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एसिया कप क्रिकेट : आज भारत र पाकिस्तान भिड्दै

शनिबार, भाद्र १६ २०८०

काठमाडौं । एसिया कपअन्तर्गत आज भारत र पाकिस्तान भिड्दैछन्।

नेपाललाई पराजित गरेर पाकिस्तान भारतसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो भने भारत पहिलो खेलमा नै चिर परिचित प्रतिद्धन्द्धी पाकिस्तानसँग खेल्न आईपुगेको हो ।

श्रीलंकाको क्याण्डी मैदानमा शुरु हुने सो खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेवाट सुरु हुनेछ।

एसिया कपको मूल आयोजक पाकिस्तान भए पनि प्रतिद्धन्द्धी भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि श्रीलंकामा सो प्रतिस्पर्धा हुन लागेको हो । पाकिस्तानसँग राजनीतिक रुपमा समेत प्रतिद्धन्द्धी भारतले कुनै पनि खेल पाकिस्तानमा नखेली सबै खेल श्रीलंकामा खेल्दैछ।

यस प्रतियोगितामा तीन पटक भारत-पाकिस्तान आमनेसामने हुन सक्ने समीकरण छ । दुवै टीम एउटै समूहमा भएकाले समूह चरणमा उनीहरु पहिलो पटक भिड्नेछन् । दुवै टीम सुपर फोरमा छनोट हुने बलियो सम्भावना छ ।

एसिया कपको अहिलेसम्मको रेकर्डमा भारत र पाकिस्तान १३ पटक आमनेसामने भएका छन् । ती मध्ये भारतले सात वटा र पाकिस्तानले ५ वटा म्याचमा जीत हासिल गरेका छन् ।

एसिया कपमा अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी पाँच टेस्ट तथा छनोट प्रतियोगिता जितेको नेपालले गरी ६ देश सहभागी छन्।