बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राप्रपा प्रजातान्त्रिक पनि सरकारविरुद्ध सडकमा उत्रिदै

आइतबार, साउन १३ २०७५

काठमाडौं साउन, १३–
सरकारले अधिनायकवादी चरित्र प्रस्तुत गरेकबो भन्दै  राप्रपा प्रजातान्त्रिक पनि सरकारविरुद्ध सडकमा उत्रिने भएको छ   । यसअघि सडकमै रहेको प्रमुख विपक्षी कांग्रेसलाई राप्रपा प्रजातान्त्रिक पनि सडकमा साथी हुने भएको छ । 
राप्रपाले साउन १६ गते राजधानीमा प्रदर्शन गर्दैछ । मंहगी, कर वृद्धि लगायतलाई लिएर काठमाडौंमा विरोध प्रदर्शन गर्न लागिएको राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष दिपक बोहोराले बताए ।

‘सरकार जनताको आकांक्षा बमोजिम अगाडि बढेको भान हुन सकेन,’ बोहोराले भने, ‘त्यसकारण सरकारको सर्वसत्तावादी शैली, मंहगी, कर वृद्धि जस्ता गतिविधिविरुद्ध प्रदर्शन गर्न लागिएको हो ।’

राप्रपा प्रजातान्त्रिकले प्रदेशस्तरीय सम्मेलन पनि गरिरहेको छ । संगठन विस्तार र सरकारका गतिविधिविरुद्ध जनमत निर्माणका लागि प्रदेशस्तरीय सम्मेलन गरिएको राप्रपा प्रजातान्त्रिकको भनाई छ ।