काठमाडौँ – बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका चार जनाले दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमा मंगलबार पनि आदेश आएन । सोमबारदेखि प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इललासमा जारी बहस मंगलबार पनि नसकिएपछि रिट हेर्दाहेर्दैमा राखिएको हो । रिट निवेदनमाथि भोलि (बुधबार) पनि सुनुवाइ हुने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा आज बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमा भोलि सुनुवाइ हुने भएको हो ।सोमबार र मंगलबार निवेदकतर्फका वकिलहरुले मात्रै बहस गरेका छन् । विपक्षी सरकारी वकिलका तर्फबाट बहस बाँकी नै रहेको सर्वोच्चले जनाएको छ । बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पर्याएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान जारी राखेको छ ।
अनुसन्धानका क्रममा पक्राउ परेका सञ्चार, सूचना तथा प्रविधिमन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनीका मीनबहादुर गुरूङ, निर्वाचयन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र धर्मप्रसाद गौतमका तर्फबाट सिआइवीको पक्राउ गैरकानुनी भएको दाबीसहित बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका हुन् । सर्वोच्चमा सोमबार चार वटै निवेदलाई एक साथ राखेर सुनुवाइ गरेको छ । सिआइबीले पछिल्लो अनुसन्धानमा हालसम्म १७ जनालाई पक्राउ गरिसकेको छ ।