शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिट निवदेनमाथि आज पनि सुनुवाइ

मंगलबार, साउन २ २०८०

काठमाडौं । ललिता निवास प्रकरणमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा सोमबार बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमा आज सुनुवाइ हुने भएको हो ।

प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान शुरू गरिएपछि सर्वोच्च अदालतमा बन्दीको रिट निवेदन दायर गरिएको थियो ।

सर्वोच्च अदालतले विवादसम्बन्धी ६ थान रिट निवेदन एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको बताइएको छ ।