शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट

सोमबार, साउन १ २०८०

काठमाडौं – रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ गाईघाट बस्ने लिला गिरीको दाउन्ने देबी सप्लायर्सको नाममा रहेको ना.१ ख ५०८७ नम्बरको जेसिबी र लु.३ त ३३७७ नम्बरको ट्याक्टरमा सोमबार बिहान आगलागी हुँदा जेसीबी र ट्याक्टर जलेर करिब २६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रामेछापको लिखुतामकोशी गाउँपालिका–६ कटुञ्जेमा काठमाडौंबाट सिमलडाँडातर्फ जाँदै गरेको ना.१ ज ४८४८ नम्बरको सुमोमा आइतबार दिउँसो आगलागी हुँदा सुमोको सम्पूर्ण भाग जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । सुमोमा सवार १० जना यात्रु सकुशल रहेका छन् । सल्यानको दार्मा गाउँपालिका–३ फारुलाचौर बस्ने शेर बहादुर चन्दको कुसल सप्लायर्स कपडा पसलमा विद्युत सर्ट भई आइतबार साँझ आगलागी हुँदा कपडाहरु जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।