बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

महिला फुटबलमा आज नेपाल र बंगलादेशबिच प्रतिस्पर्धा

आइतबार, असार ३१ २०८०

काठमाडौं । आज नेपाल र बंगलादेश बिच महिला फुटबलमा प्रतिस्पर्धा हुँदैछ ।

बंगलादेशमा रहेको नेपाली महिला टिमले घरेलु टोली बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

उक्त खेल राजधानी ढाकाको वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा हुनेछ । जुन खेल नेपाली समयअनुसार साँझ सवा पाँच बजेवाट सुरु हुनेछ।

बंगलादेशसँगको पहिलो खेलमा बराबरी खेलेको नेपाली महिला फुटबल टोलीले आज जीत हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रदैँछ ।