शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

डेंगु नियन्त्रणका लागि पहल गर्न राष्ट्रिय सभामा सांसदहरुको माग

बिहिबार, असार २८ २०८०

काठमाडौं । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले दाङ जिल्लालाई डेंगु प्रभावित जिल्लाको रुपमा सुचिकृत गर नियन्त्रणका लागि पहल गर्न माग गरेकी छन्।

बिहीवार राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य देवकोटाले दाङ जिल्लालाई डेंगु प्रभावित जिल्लाको रुपमा सूचिकृत गर्न माग गरिन्। उनले सूचिकृत गरी डेंगुको नियन्त्रण र रोकथामका लागि आवश्यक कार्यक्रमहरु सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइन्।

राष्ट्रिय सभा सदस्य इन्दु कडरियाले नेपालका नर्सिङ कलेजहरु बन्द गरी बिद्यार्थीहरु बाहिर पढ्न जानुपर्ने अवस्था रहेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराइन्। उनले भनिन्, धेरै जसो स्वास्थ्य क्षेत्रहरुमा यतिबेला जनशक्ति र स्वास्थ्य उपकरणहरुको अभाव छ भनेको सुनिएको छ। सरकारले प्राविधिक र छिट्टै रोजगारीको सम्भावना भएको विषय अध्ययन, अध्यापन गराउन नर्सिङ कलेजहरुलाई १०० शैय्याको अस्पताल अनिवार्य बनाउँदै दर्जनौँ नर्सिङ कलेजहरुलाई बन्द गर्न बाध्य पारिएको हो भनेर सुनिएको छ।
नर्सिङ कलेजहरुलाई बन्द गर्दै बोर्डरमा खोलेका कलेजहरुमा जान शैक्षिक माफियाहरुले नै प्रेरित गरेको पनि सुनिएको छ। यो महत्वपूर्ण विषयमा सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण होस्।’

राष्ट्रिय सभा सदस्य कुमार दसौदीले पेट्रोलियम पद्धार्थको मूल्य समायोजन गर्न सरकारसँग माग गरे। उनले पेट्रोलियम पदार्थको मूल्य घटेर आएको भएपनि सरकारले मूल्य नघटाएको बताए।

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले अन्नपूर्ण संरक्षण आयोजना (एक्याप)ले स्थानीय तहका विकास निर्माण लगायतका काममा व्यवधान सिर्जना गरेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए।

राष्ट्रिय सभा सदस्य दीपा गुरुङले वर्षाका कारण देशको थुप्रै ठाउँमा बाढी, पहिरो गएको र जनधनको क्षति भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले प्रभावितहरुलाई व्यवस्थित ढंगले राहत, सहुलियतका साथै स्थानान्तरण गरी बसोवासको उचित व्यवस्था मिलाउन माग गरिन्।
राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापा पार्वतीले आगामी आर्थिक वर्ष २०८०÷८१ मा हुम्ला सदरमुकाममा राष्ट्रिय सडक सञ्जालमा जोड्नेगरी बजेटको सुनिश्चितता मिलाउन माग गरिन्। सा्रसद महेशकुमार महराले डडेलधुरामा अविरल वर्षाका कारण केही गाउँ भासिएर ४५ घरहरु बिस्थापित भएको भन्दै उनीहरुको उचित व्यवस्थाप गर्न सरकारसँग माग गरे।

राष्ट्रिय सभा सदस्य सिंहबहादुर विश्वकर्माले खेतीको सिजनमा किसानले मल नपाएका बताउनु भयो। राष्ट्रिय सभा बैठक जारी छ।