काठमाडौं । प्रधानमन्त्री विवादित पछिल्लो अभिव्यक्तिका विषयमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गल्ती प्रधानमन्त्रीको भएको बताएका छन् ।
के बोल्दा कस्तो असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती भएको बताउँदै उनले सामाजिक सञ्जालमार्फत बताएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिका बारेमा टिप्पणी गर्दै उनले भनेका छन्, ‘नेपालको प्रधानमन्त्री नेपालको संसदले चयन गर्दछ र गर्ने हो, मित्र रास्ट्रहरुलाई मित्रताकै सिमामा राख्ने कर्तव्य मुलत प्रधानमन्त्रीकै हो, आफ्नो अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो ।’
‘प्रधानमन्त्रीले गलत बोल्दा या गलत कार्य गर्दा आलोचना गर्ने र प्रश्न उठाउने दायित्व हरेक सांसदको हुन्छ िसत्तारूढले नै प्रश्न गरेका छौं, प्रतिपक्षको त मुल कर्तव्यनै हो ।’ उनले भनेका छन् ।