शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

राष्ट्रियसभा बैठक बस्दै, के गर्ला प्रतिपक्षले ?

बिहिबार, असार २१ २०८०

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ ।

संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

हिजो दिउँसो २:३० बजे बोलाईएको बैठक आधा घन्टा स्थगित गरी ३:०० बजे बोलाईएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएसम्म संसद चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अडान कायम राखेका कारण दिउँसो ४ः४६ बजे बोलाईएको थियो ।

सो बैठक पनि सञ्चालन हुन नसके पछि आजका लागि बैठक बोलाईएको हो ।

भारतले नेपालको प्रधानमन्त्री बनाउने आशयको अभिब्यक्ति दिए पछि प्रतिपक्षी दलहरुले सदन अबरुद्ध गरेका थिए । उनीहरुले प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने अडान कायमै राखेका छन् ।