बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

मृत अवस्थामा फेला

आइतबार, असार १० २०८०

काठमाडौं – ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनस्थित लिम्बुनी पुल जाने बाटोमा सोही गाउँपालिका–२ फुलबारी बस्ने ४२ वर्षीय राजेन्द्र बराईली शनिबार मृत अवस्थामा फेला परेका छन् ।

झापाको भद्रपुर नगरपालिका–८ जनता चोकस्थित एसियन प्लाईउड फ्याक्ट्रीमा काम गरी बस्ने भारत किसानगंज गलगलिया–३ भादगाउँ घर भएका ५३ वर्षीय मोहमद हफिज उदीन सोही फ्याक्ट्रीमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

दोलखाको जिरी नगरपालिका–६ सिजेल बस्ने ६८ वर्षीय सुबत बहादुर कार्की सोही ठाउँस्थित चौरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । रौतहटको चन्द्रपुर नगरपालिका–९ चाँदी खोलाको मलिनटोलको बगरमा हाल नाम, थर, वतन नखुलेकी महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।