काठमाडौं – नेपाली सेनाले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत वितरण कार्य जारी राखेको जानकारी दिएको छ । ताप्लेजुङ, पाँचथर तथा संखुवासभा जिल्लाका बाढी तथा पहिरो प्रभावित इलाकाहरुमा आज चौथो दिन पनि नेपाली सेनाका स्थानीय युनिटहरुबाट परिचालित फौजले अन्य निकायहरुका साथै सर्वसाधारणसँगको सहकार्यमा खोज तथा उद्धार कार्य जारी राखेको हो ।
यसै क्रममा सिदिङ्गखवा गाउँपालिका–६, मेहेलेमा विस्थापित नागरिकहरुलाई वितरण गर्ने राहत सामग्री एवं घाइते÷बिरामीहरुको उपचारका लागि औपधिजन्य सामग्री विराटनगरबाट नेपाली सेनाको हेलिकप्टरद्वारा ढुवानी गरिएको छ ।
त्यस्तै मेहेलेमा गएको पहिरोमा परि निधन भएका दुई जना सर्वसाधारणको शव हेलिकप्टरबाट झापा पुर्यालइ आफन्तलाई बुझाइएको छ भने घाइते एक जनालाई पनि सोही हेलिकप्टरद्वारा उद्धार गरिएको सेनाले जानकारी दिएको छ ।