शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

अख्तियार प्रमुख प्रेमकुमार राई

जिम्मेवार, जवाफदेही र उत्तरदायी भएर काम गरिरहेका छौं

आइतबार, असार ३ २०८०

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो जिम्मेवारी सरकारको भएको बताएका छन्।

आइतबार राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो जिम्मेवारी सरकारको भएको बताएका हुन्।

उनले सरकारले सुशासन कायम गर्ने प्रयास गर्नुपर्ने बताए। उनले तिनै तहको सरकारले बनाएका ऐन, नियम, कानून र नीतिभित्र रहेर कर्मचारीले काम गरेमा भ्रष्टाचार नहुने उल्लेख गरे।

यद्यपि, सरकारले सुशासन कायम गराउन नसकेको उनले बताए। उनले सरकारी कामकाज समयमै हुने प्रबन्ध गर्नसकेमा सुशासन कायम हुने बताए।

जिम्मेवारीमा रहेका सबैले आ–आफ्नो काम, कर्तव्य र अधिकारलाई पूरा गर्नुपर्ने उनको भनाइ छ। प्रमुख आयुक्त राईले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको अन्तिम अवस्थामा मात्रै अख्तियार दुरुपयोग अनुसन्धानको काम आउने उल्लेख गरे।