बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

भारत भ्रमण जानु अघि चिनियाँ उच्च अधिकारीसँग प्रधानमन्त्रीको भेटघाट

बुधबार, जेष्ठ १७ २०८०

काठमाडौं । भारत भ्रमणमा जानु केही घन्टा अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ उच्च अधिकारीसँग भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारी र प्रधानमन्त्री प्रचण्ड बिच भेटबार्ता भएको हो । भेटबार्ता जारी छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ स्यावहोइको नेतृत्वमा आएको १४ जनाको टोलीले बुधवार बिहानै बालुवाटार पुगेका हुन् । उनीहरु हिजो राति मात्रै सिंगापुर एयरलाइन्सबाट काठमाडौं आइपुगेका हुन्।

भेटघाटमा के भयो ? त्यो भने अझै बाहिर आएको छैन ।

गत चैत १४–१७ सम्म चीनको राजधानी बेइजिङमा भएको ‘बोआओ फोरम फर एसिया’को निम्तो अस्विकार गर्र्दै अनुपस्थित भएका प्रधानमन्त्री प्रचण्ड आज दिउँसो १ बजे भारत जाँदैछन्  ।