दाङ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ८ दुलीमा जिप दुर्घटना भएको छ ।
बिहिबार बिहान भएको दुर्घटनामा परेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने दसजना घाईते भएका छन् ।
सानीभेरी गाउँपालिका– ५ मेलचौरबाट जिल्ला सदरमुकाम खलङगा जाँदै गरेको लु १ ज १७४७ नम्वरको जिप दुलीको मोतिखोलामा दुर्घटना हुन पुगेको हो ।
सो दुर्घटनामा परेर सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोहि वडाका कर्णबहादुर बाँठा, बाँफिकोट गाउँपालिका–८ की रेखा खत्री र उनको छोराको घटनास्थल मै मृत्यु भएको छ ।
दुर्घटनामा परेर दस जना घाईते भएका छन् । उनीहरुलाई उद्धार गरेर उपचारको पठाईएको छ । जिपमा जम्मा १४ यात्रु सवार थिए । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ ।
दुर्घटनाको पूरा विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब चार सय मिटर तल खसेको बताईएको छ ।