जनकपुरधाम । मधेश प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ ।
मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
गठबन्धनको निर्णयविपरीत मुख्यमन्त्री सरोज कुमार हिँडेको भन्दै माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
मन्त्रालय भागबण्डाका लागि हिजो बसेको दलहरुको बैठकमा माओवादीले दुईवटा मन्त्रालयमा दाबी गरेको थियो । तर बैठकमा सहमति जुटेको थिएन ।
मधेश सरकारमा आज नेपाली कांग्रेस र नेकपा एस सामेल भएका छन् । तत्काल कांग्रेसले दुई र नेकपा एसले एक मन्त्रालय पाएको हो ।
नवनियुक्त मन्त्रीहरूको शपथ आज दिउँसोका लागि तय भएको बुझिएको छ ।